१ कार्तिक २०८३, आइतबार

साउदी अरेबियाको ड्रोन आक्रमणपछि क्षेत्रीय तनाव बढ्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३१ भदाै । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणपछि क्षेत्रीय तनाव बढ्ने सम्भावना रहेको भन्दै नेटो गठबन्धन सेनाका प्रमुखले चिन्ता व्यक्त गरेका छन् ।

नेटो सेनाका प्रमुख यान स्टोल्टनबर्गले इरानले समग्र क्षेत्रलाई अस्थीर बनाएको आरोप पनि लगाएका छन्।

यसअघि सोमबार सबेरै अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आफ्ना दाबी पुष्टि गर्ने प्रमाण भन्दै स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो ।

स्याटेलाइट तस्बिर र गुप्तचर निकायबाट प्राप्त सूचना अनुसार साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको स्पष्ट हुने अमेरिकी दाबी छ ।

इरानले भने शनिबार भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ ।

ड्रोन आएको दिशा र त्यसका लागि लाग्ने खर्च हेर्दा यसमा हुथी बिद्रोहीको संलग्नतामा सन्देश रहेको एक अमेरिकी अधिकारीले अमेरिकी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई ठूला प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो ।

त्यसपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । जसका कारण गरेपछि कच्च तेलको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ ।