३० आश्विन २०८३, शुक्रबार

नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले नेपाली जर्नी नामक संस्थाले ड्यालासमा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ ।

पेशाले नर्स रहेकी मौषमी श्रेष्ठको अगुवाईमा रहेको नेपाल जर्नी नामक संस्थाले नेपालका बिभिन्न स्थानमा पुस्तकालय निर्माण गर्न अमेरिकामा गाला डिनर कार्यक्रम गर्दै आएको छ ।

महाभुकम्पपछि भत्कीएका बिद्यालय र पुस्तकालयलाई सहयोग गर्ने उद्धेश्यले स्थपना गरिएको संस्थाले बिगत चार बर्षदेखि गाला डिनर कार्यक्रम आयोजना गरेर सहयोग रकम जम्मा गर्दै आएको छ ।

हाल चितवनको भरतपुर ४ लंकुमा दुई करोड लागतको पुस्तकालय निर्माण गर्न लागेको संस्थाले यस अघी कांठमाडौ लगायत अन्य स्थानमा पनि सहयोग गरेको छ ।

स्थानिय तहले जग्गा सहयोग गर्दा पनि दुई करोड लागतमा बन्न लागेको पुस्ताकालयका लागि गाला डिनरबाटै हालसम्म ६० लाख रकम जम्मा भईसकेको जर्नीकी संयोजक मौषमी श्रेष्ठले बताइन् ।

ड्यालास वरपरका नेपाली र अन्य समुदायका ब्यक्तीहरुको समेत सहभागितामा पांच तारे हिल्टन होटलमा सम्पन्न गाला डिनरमा नेपाली संस्कृति र पर्यटन प्रवद्धनको सन्देश समेत दिइएको थियो ।

आईडिया फर नेपालकी अन्तराष्ट्रिय निर्देशक चिंग चिंग छिको प्रमुख आथित्य रहेको कार्यक्रममा स्थानिय बेलर स्कट एण्ड ह्वाईट हेल्थका डाक्टर डोनाल्ड ई सेवेल मुख्य बक्ता रहेका थिए । कार्यक्रममा बोल्दै दुबै जनाले नेपाल र नेपालीका साथै नेपाल जर्नीको प्रशंसा गरेका थिए ।

नेपाल जर्नी सबैका लागि उदाहरण हुन सक्ने भन्दै संयोजक मौषमी श्रेष्ठलाई दुबै जनाले धन्यबाद समेत दिएका थिए । संस्थाका अन्तराष्ट्रिय संयोजक भानु खरेलले संस्थाले गरेका कार्यहरूका बारेमा प्रस्टाएको कार्यक्रममा संयोजक श्रेष्ठले आफू पेशाले नर्स भए पनि पटक पटक जागिर छोडेर भए पनि देशका लागि केही सहयोग गर्न चाहेको बताएकी थिइन् ।

आफू एउटा ब्यक्तिले मात्रभन्दा पनि देशका लागि केहि गरौं भन्ने भावना लिन खोज्नु नेपाल जर्नीको उद्धेश्यको भएको र यसमा धेरैले साथ दिंदै आएको उनको भनाई थियो ।

पोखरामा जन्मेर चितवनमा घर भएकी श्रेष्ठ हाल श्रीमान बद्री र दुई सन्तानसंगै बिगत दश बर्षदेखी ड्यालसमा बस्दै आएकी छन् ।