३ कार्तिक २०८३, मंगलबार

पर्यटनमन्त्री भट्टराईको आग्रहमा ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गरिदै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आग्रहमा ज्ञानेन्द्र शाही भनिने ज्ञानबहादुर शाहीलाई थुनामुक्ता गरिने भएको छ ।

आइतबार पक्राउ परेका शाहीलाई ललितपुर प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थपको लागि आज (सोमबार) जिल्ला प्रशासन कार्यालय ललितपुर पुर्याएको थियो ।

शाहीलाई मुद्दा चलाउन थालिएको जानकारी पाएपछि मन्त्री भट्टराईले गृह मन्त्रालयका उच्च अधिकारीहरुलाई शाहीलाई मुद्दा नचलाई रिहा गर्न आग्रह गरेको उच्च स्रोतको दावी छ ।

मन्त्री भट्टराईको आग्रहबमोजिम गृह मन्त्रालयले प्रहरी नेतृत्वलाई पक्राउ परेका शाहीलाई अब आइन्दा त्यसो नगर्ने कागज गराएर सुध्रने मौका दिन निर्देशन दिएपछि ललितपुर प्रहरीले उनलाई छोड्ने तयारी गरेको हो ।

शाहीले आइतबार अपराह्न ललितपुरको पुल्चोकमा ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछि सुरक्षा दिन गएको प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई ‘अभद्र व्यवहार’ मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको थियो ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको आरोप लागेका शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युट्युबर र शाही समर्थकबीच हात हालाहाल भएको थियो । स्थिति अनियन्त्रित भएपछि प्रहरीले हस्तक्षेप गर्दै शाहीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएको थियो । सोही क्रममा शाहीले प्रहरीमाथि समेत हातपात गरेका थिए ।