६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्यमन्त्री यादवका छाेरादेखि सचिवकाे छाेरीसम्मले गाडी दुरुपयाेग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० भदाै । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन । नागरिक दैनिकले खबर छापेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ ।

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सचिवालयका लागि नौवटा सवारीसाधनको व्यवस्थापन गरिएको नागरिकलाई प्राप्त विवरणमा देखिन्छ । ती सवारीसाधन मन्त्रालय र स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन् ।