३ कार्तिक २०८३, मंगलबार

दशैं खुशियाली डिलिवर गर्दैछ दराजले

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौँ, २९ भदौ । दशैंमा खुशीयाली डिलिवर गर्ने वाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । यो धमाकेदार अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (Discount Vouchers), मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ ।

शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोलि आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ ।

दशैं को उपलक्षमा दराज ले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ TVS Apache RTR 160 4V  जित्ने मौउका पाउनेछन् ।

लक्की ड्र मा भाग लिन उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीच मा दराज मा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् ।

दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन् ।,
“दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियान द्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।”

बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु :
उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छुटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (Nabil Bank, Standard Chartered, Sanima Bank, Mega Bank, Global IME, Machhapuchchhre Bank, NIC Asia) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छुट पाउनेछन् । यदि उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंक सँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ ।

यस लगायत अन्य धेरै अफरहरु पनि छन् ।

टप ब्रान्डहरुमा दामी डिल्स् :
यस अभियान मा संयुक्त सहयात्री ब्रान्डहरु मद्धे TVS, Xiaomi, Samsung, Vianet, Samsara Holidays, Huawei, Sony, LG, Home Glory, Adidas, Vans, Sonam Gears, Mantra, Bishesh Creations, Lego, Technic, Juas, Rangoli and Aamayra Fashion House पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ ।

दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरु मद्धे सम्सारा को बालि, दुबई, इजिप्ट का होलिडे प्याकेगहरु पनि पर्दछन् । साथै TVS NTORQ Scooters, Hitachi 43” Smart TVs, Vianet packages, MI Phones, Mantra Nepal Travelling Guitar, Sonam Gears, Adidas का उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् ।

यसका साथै अब दराज मा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँ को उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्य मा Tata Tiago गाडी लिएर आएको छ ।

अधिक जानकारी का लागि हाम्रो क्याम्पेन पेज मा जानुहोस् ।
दराज दशैँ धमाका : http://bit=ly/2mgnXYP