काठमाडौं, २९ भदाै । पोखराको गण्डकी मेडिकल कलेजले असुलेको तोकिएभन्दा बढी शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।
शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि उनीहरूले कलेजमा ताला लगाएका हुन् । आन्दोलनका कारण अस्पतालको सेवाबाहेक पठनपाठन प्रभावित बनेको छ ।
पहिलो र दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीले शुक्रबार तालाबन्दी गरेको विद्यार्थी परिवर्तन भाटले बताए । कलेजले चर्को शुल्क असुलेको विरोधमा गत माघमा पनि उनीहरू झन्डै दुई महिना आन्दोलित बनेका थिए ।
आन्दोलनपछि मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गरिसक्ने निर्णय गरेको थियो ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशनसमेत दिएको थियो ।















प्रतिक्रिया