
काठमाडौँ, २८ भदौ । पूर्वीय सभ्यताको विशिष्ठ पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै विज्ञ र सरोकारवालाले चिन्ता व्यक्त गर्नुभएको छ ।
मिथिला संस्कृति समाजले आज यहाँ आयोजना गरेको ‘मिथिला संस्कृति बचाउ अभियान’ कार्यक्रमका वक्ताले पौराणिक कालदेखिकै सवल र उन्नत मिथिला संस्कृतिको संरक्षण र युवा पुस्तामा आकर्षणका लागि घर परिवारबाटै सचेतना अभियान थालिनुपर्ने खाँचो औँल्याउनुभयो ।
साथै, मिथिला संस्कृतिको महत्वलाई उजागर गर्दै यसको प्रवद्र्धनका लागि सरोकार भएका सबै एकताबद्ध भई गाउँगाउँसम्म अभियानकै रुपमा जागरण फैलाइनुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले पूर्वीय सभ्यताको प्रतिक, सांस्कृतिक दर्शन र संस्कारलाई पहिचान गराउने मिथिला संस्कृतिको जगेर्ना र यसको महत्वलाई आम जनमानसमा पु¥याउन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियानकै रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
मिथिला, भोजपुरीलगायतका संस्कृति, भाषा, लिपी, कलाआदिको संरक्षण प्रवद्र्धनकै लागि सरकारले आयोग गठन गरेको भन्दै उहाँले नेपालको संस्कृति, पहिचानलाई विश्वमा पहिचान गराउने यस्ता खाले सम्पदाको संरक्षणमा सकारात्मक सोचका साथ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
विद्यापति पुरस्कार कोषका अध्यक्ष डा रामसागर पण्डितले मधेशी समुदायबीचकै बेइमेल र व्यक्तिगत स्वार्थका कारण मधेशी भाषा, संस्कृतिको प्रवद्र्धनमा चुनौती थपिएको उल्लेख गर्दै मैथिली, भोजपुरीलगायत संस्कृतिको संरक्षण्मा एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घका सचिव शीतलप्रसाद महतोले संस्कृति, संस्कार र सभ्यता नरहे समाज र राष्ट्र नै कमजोर अवस्थामा पुग्ने खतरा औँल्याउँदै मिथिला संस्कृतिको प्रवद्र्धनका लागि आ–आफ्नै परिवारबाट शुरु गरिनुपर्ने बताउनुभयो ।
नेपाल वैष्णव सङ्घका अध्यक्ष दिलीप साहले आफ्नो भाषा, संस्कृतिको संरक्षण नभए समाज र देशको पहिचानै संकटमा पर्ने बताउँदै मिथिला संस्कृतिको संरक्षणमा मधेशी समुदायलगायत एकताबद्ध भएर जागरण अभियान चलाउनुपर्छ भन्नुभयो ।
पुरातत्व विभागका अधिकृत विष्णु पाठकले पौराणिक कालदेखिकै उद्गम संस्कृति मिथिला संस्कृति र सभ्यताको जगेर्नाका लागि नीतिगत योजनाका साथ विभाग लागि परेको उल्लेख गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रामपुजन ठाकुरले अहिलेको पुस्ता मिथिला संस्कृति, वेषभूषालाई भुलेर पश्चिमा संस्कारमा डुबेको भन्दै मिथिला संस्कृतिबारे प्रभावकारी सचेतना फैलाइनुपर्नेमा जोड दिनुभयो ।
मधेशी महिला मञ्चकी अध्यक्ष रिना साह, हिन्दू परिषद्का अध्यक्ष सन्तोस पट्टेल, सांस्कृतिक अभियान्ता सचितानन्द यादवलगायतले मिथिला संस्कृतिको जगेर्नाका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
मिथिला संस्कृति समाजका उपाध्यक्ष पिताम्बर महतोले मिथिला संस्कृतिबारे कार्यपत्र प्रस्तुत गर्दै सात हजार वर्ष पुरानो मिथिला संस्कृतिको २१औँ शताब्धीमा पनि उत्तिकै लोकप्रिय रहेको बताउनुभयो । उहाँले विज्ञानमा आधारित प्रकृति, संस्कृति तथा विशेष गरी महिला अधिकारको सवाललाई उजागर गर्ने विशिष्ट कला मिथिला संस्कृतिमा भएको उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले मिथिला संस्कृति संरक्षणका लागि अभियानकै रुपमा अघि बढ्ने लक्ष्यका साथ कार्यक्रम गरिएको जानकारी दिनुभयो । –रासस












प्रतिक्रिया