३० आश्विन २०८३, शुक्रबार

जापान मनि एक्प्रेस (जेएमई)को आन्तरिक विप्रेशन सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । विगत ५ बर्षदेखि जापानबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जापान मनि एक्प्रेस (जेएमई)ले आफ्ना सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराउन आन्तरिक विप्रेशन सेवा सुचारु गरेको छ ।

स्थापनाको छोटो समयमै विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल जेएमईले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई तिब्रता दिएको छ । जेएमईका ब्यापार विकास प्रबन्धक प्रताप श्रेष्ठका अनुसार जेएमईले खाडि तथा मलेसियामा रहेका विभिन्न एक्सचेन्ज हाउसहरसँग सम्झौता गरी त्यस क्षेत्रबाट पनि रेमिट्यान्स कारोवार शुरु गरिसकेको छ । श्रेष्ठ भन्छन-‘सेवाग्राहीलाई थप सहजताका लागि हामीले आन्तरिक विप्रेशन सेवा पनि शुरु गरेका हौ ।’

विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत आएको रेमिट्यान्स र मुलुक भित्रै पनि जेएमईमार्फत पठाएको रकम यसका मुलुकभर रहेका १५ सयभन्दा बढी एजेण्ट, वैक अफ काठमाडौ, सिटिजन्स बैंक, मेगा बैंक, कुमारी बैंक, नविल बैंक, त्रिवेणी विकास बैंक, यती डेभलप्मेण्ट बैंक, भृकुटी विकास बैंक, साइन रेसुङ्गा डेभलप्मेण्ट बैंक तथा जेएमईले रेमिट्यान्स सम्झौता गरेका अन्य विभिन्न वित्तिय संस्थाका मुलुकभर रहेका शाखाबाट भुक्तानी लिन सकिने छ ।

सेवा विस्तारसँगै अत्याधुनिक प्रविधीमार्फत नविनतम सेवा प्रवाह गरिरहेको जेएमईले नयाँ–नयाँ प्रविधी भित्र्याईरहेको प्रबन्धक श्रेष्ठले बताए । ग्राहकले सिधै जेएमईको वेभसाइटमा गएर समेत आफ्ना आफन्तको हातमा रेमिट्यान्स पठाउन सक्ने अनलाईन सिस्टम समेत जेएमईले शुरु गरेको बताउदै प्रवन्धक श्रेष्ठ भन्छन-‘हाम्रा सेवाग्राहीहरुलाई हामी नयाँ–नयाँ प्रविधीद्धारा थप सुविधा र नयाँपन दिन चाहन्छौ ।’