६ कार्तिक २०८३, शुक्रबार

दाहालको धारणा पार्टीमा छलफल हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदाै । कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल पटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । अन्नेनपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

कपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय सुरक्षा, छिमेक र शक्ति मुलुकसँगको नीति एवं प्राथमिकतामा समान धारणा बनाउने तयारी थालेको हो ।

जिम्मेवार नेतानै कूटनीतिक मामिलामा चिप्लिन थालेपछि नेकपा सचिवालय गम्भीर भएको हो । सामान्य शब्दले समेत कूटनीतिमा ठूलो उथलपुथल ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ ।

‘अध्यक्षज्यूले कुन प्रशंगमा कसरी बोल्नु भयो त्यो विषयमा छलफल हुन पाएको छैन’, नेकपा प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर एक छिमेकीले अर्को मित्र मुलुकबारेको छलफललाई बाहिर ल्याएको विषयमा गम्भीर हुन आवश्यक छ ।’

चिनियाँ विदेशमन्त्रीसँगको कुराकानीका क्रममा दाहालले भनेको भन्दै बेइजिङमा सार्वजनिक भएपछि विवाद बढेको हो ।

‘विदेशमन्त्रीसँग भएका कुराकानीबारे खासै हुन पाएको छैन । अध्यक्ष दाहाल पूर्वतिर हुनुहुन्छ । फर्केपछि यसमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने ।

कूटनीतिक मामिलामा मुलुकको हित हेरेर सत्तारुढ दलमात्र होइन प्रतिपक्षको समेत समान धारणा बाहिर जानुपर्छ भन्दै उनले भने, ‘हामी सानो र भूराजनीतिक दृष्टिले संवेदनशील क्षेत्रमा छौं । साच्चै सचेतना आवश्यक छ । समान धारणाको पहल पहिलेदेखि कै हो । यो गम्भीर रूपमा अघि बढ्छ ।’

छिमेकसँगको छलफलमा शक्ति मुलुकको विषय उठ्नु र आक्षेप लगाउने कार्य अर्काे मुलुकको राजधानीबाट बाहिर आएको छ । यसले मुलुकको शीर निहुरिएको भन्दै यस्तो विषय दलभित्र छलफल हुने बालुवाटार स्रोतले बतायो ।