
जनकपुर, २७ भदौ । भारतीय प्रहरीको सहयोगमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा देवाडका २५ वर्षीय कलिम शेषलाई पक्राउ गरिएको हो ।
शेषमाथि स्थानीय एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । महोत्तरी प्रहरीकाअनुसार पीडितले भदौ २६ गते दिएको उजुरीको आधारमा शेषलाई भदौ २७ गते गिरफ्तार गरिएको हो ।
यही भदौ १४ गते साँझ खेतमा शौच गर्न गएको बेला शेषलगायत चार जनाको समूहले बलात्कार गरेका थिए ।
पीडितको उजुरीको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र फरारहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया