३० आश्विन २०८३, शुक्रबार

गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति बन्यो, के-के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-bank-nepal1

काठमाडौँ, १२ फागुन । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा रामशरण महतको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्व गभर्नर हिमालय शम्शेर जबरा र अर्थशास्त्री डा पार्थिवेश्वर तिमिल्सिना रहनुभएको तीन सदस्यीय एक समिति पनि गठन गरेको हो ।

बैठकले सरकारले नेपाली सेनाको रथी पदमा उपरथी राजेन्द्र क्षेत्रीलाई बढुवा बढुवा गरी पदस्थापनासमेत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

यसैगरी, सेनाको प्राविधिक उपरथीमा योगेन्द्रबहादुर खाँणलाई पदोन्नति गरी विकास निर्माण तथा स्थपति महानिर्देशनालयमा पदस्थापना तथा सहायक रथीमा कमालसिंह प्रधानलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

बैठकले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा राष्ट्रियगानका सङ्गीतकार अम्बर गुरुङको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । सरकारले उहाँको उपचारमा लागेको खर्चसमेत व्यहोर्ने भएको छ ।

बैठकले नेपाल कानुन सुधार आयोगको सदस्यमा अधिवक्ता दुर्गाबहादुर अर्याल, बलबहादुुर राई र विजय अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा सुरेन्द्र पौडेल र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक केन्द्रको महाप्रबन्धकमा अन्जना ताम्राकारलाई नियुक्त गरिएको छ ।

खुला विश्वविद्यालय पूर्वाधार समितिको कार्यकारी निर्देशकमा सरकारले राजेश अग्रवाललाई नियुक्त गरेको छ ।

पिछडिएको समुदाय विकास समितिको उपाध्यक्षमा रामचन्द्रप्रसाद कोइरी र सदस्यमा निजामुद्दिन अन्सारी नियुक्त हुनुभएको छ ।

सरकारले उच्चस्तरीय प्रशासन सुधार सुझाव कार्यान्वयन अनुगमन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।