
काठमाडौँ, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट ३८ वर्षीय एल्लि गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग्ने ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङ्ग कास्की पोखरा महानगरपालिका ८ न्यूरोड बासिन्दा हुन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका ४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी रहेका छन् ।
त्यस्तै, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका २ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशिल उप्रेती रहेका छन् ।
उनीहरुले एल्लि गुरुङलाई ग.१ ञ १०६५ नम्बरको पर्यटक बोक्ने ट्याक्सीमा राखी सोल्टीमोडस्थित हंगेरी फुडल्याण्ड एण्ड क्याफेमा लगि रकम फिरौती मागेको प्रहरीले जनाएको छ । भमहानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एल्लि गुरुङलाई उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया