३० आश्विन २०८३, शुक्रबार

नयाँ प्रधानसेनापतिमा राजेन्द्रबहादुर क्षेत्री पक्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Chetttri

काठमाडौँ, १२ फागुन । नेपाली सेनाको भावी प्रधानसेनापतिमा राजेन्द्रबहादुर क्षेत्रीका लागि बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले भावी प्रधानसेनापतिका एक्ला हकदार क्षेत्रीलाई रथीमा बढुवा गर्ने निर्णयपछि भावी प्रधानसेनापति बन्ने बाटो खुलेको हो । बढुवासँगै क्षेत्री नेपाली सेनाको निकै शक्तिशाली मानिने बलाधिकृत रथी बन्नुहुनेछ । यसअघिका बलाधीकृत रथी पवनबहादुर पाण्डेले उमेर हदका कारण अवकाश पाएपछि क्षेत्रीको भाग्य चम्किएको हो ।

मंगलबारको मन्त्रिपरिषद बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणलाई पनि बढुवा गरेको छ । उहाँलाई विकास निर्माण स्थपति निर्देशनालयमा पदस्थापन गरिएको छ ।

क्षेत्री भावी प्रधानसेनापतिका एक्ला हकदार

यसअघि प्रधानसेनापतिको लाइनमा रहेका बलाधिकृत रथी पबनबहादुर पाँडेले माघ १९ गते अनिवार्य अवकाश पाउनुभएको थियो । सेवावधि बढाउन गरेका प्रयास बिफल भएपछि पाँडे निराश हुँदै अवकाश पाउनुभएको थियो । नेपाली सेनाको स्थापित प्रचलनविपरीत एक दिन पनि बिदा नबसी अन्तिमसम्मै कार्यालयमा हाजिर भएर राजनीतिक दल र सरकारसँग उमेर हद बढाउन ठूलो प्रयत्न गर्नुभएको थियो । नेपाली सेनाको पुनर्ढांचा प्रस्ताव केही समयका लागि अल्झेपछि त्यसको एनेक्समा एउटा बुँदा थप गरी रथी दर्जाको उमेर ५९ वर्ष पुराउन प्रयास गरिएको थियो।

उहाँको पक्षमा प्रधानमन्त्री सुशील कोइराला समेत नरम देखिनुभएको थियो । नियमले मिल्ने भए गरौं भन्दै प्रधानमन्त्रीले लचकता देखाए पनि प्रधानमन्त्रीको प्रयास समेत सफल हुन सकेन । सेनापति र प्रधानमन्त्रीको सम्बन्ध सुमधुर नभएपनि रथीको उमेर हद बढाउने खेलमा सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महत लाग्नुभएको थियो । महत र पाँडे पनि नाताले सम्धी हुन् । रथीको उमेर हद बढाउने तयारी भइरहेको बेला सहयोगका लागी पाँडे निकटस्थहरुले एमाले अध्यक्ष केपी ओलीलाई समेत पटकपटक भेट गरी सहयोगको लागी आग्रह गरेका थिए ।

वर्तमान प्रधानसेनापति गौरवशमशेर राणाले आगामी भदौ १० गते अवकाश पाउँदै हुनुहुन्छ । नेपाली सेनाको भावी प्रधानसेनापती को हुने भन्ने विषय अझै स्पष्ट नभएपनि नियमित प्रक्रिया नतोडिए हालका उपरथी राजेन्द्र क्षेत्री राणापछिको प्रधानसेनापति हुने बताइएको छ । सेनामा हालसम्म बरिष्ठतालाई आधार बनाएर नै नेतृत्व चयन गर्ने परम्परा भएकाले पनि क्षेत्रीको सम्भावना बलियो रहेको छ । स्वच्छ छवी र संगठनमा लोकप्रिय क्षेत्रीको सिंगो परिवार सेनामा कार्यरत छ । उहाँका दाई पूर्व सैनिक प्रवक्ता उपरथी रमिन्द्र क्षेत्री पनि सेनामा नै कार्यरत हुनुहुन्छ भने भाई रतिन्द्र खत्रीले पनि महासेनानीबाट केही समयअघि मात्र अवकाश पाउनुभएको थियो