३ कार्तिक २०८३, मंगलबार

नेइमार बार्सिलोना फर्किए मेस्सी खुशी हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ भदाै । स्टार खेलाडी लियोनल मेस्सीले नेइमार बार्सिलोना फर्किए आफूलाई अति नै खुशी लाग्ने बताएका छन् ।

नेइमार पुनः बार्सिलोना आएमा आफूहरुले क्लबको उद्देश्यहरु पूरा गर्ने सम्भावना थप बलियो हुने मेस्सीले बताएका छन् ।

२७ वर्षका नेइमार दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् ।

उनी यो सिजन बार्सिलोना आउन चाहन्थे, तर दुई क्लबबिच सहमति हुन नसकेपछि नेइमार कम्तिमा आउँदो जनवरीसम्म पिएसजीमै हुने छन् ।