१५ कार्तिक २०८३, आइतबार

काँग्रेस सांसद गौतमले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्न समेत माग गरे ।

उनले रुलिङ गरेर झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र नहुने भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा मागेका हुन् ।

‘म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु। सरकार यसरी मुकदर्शक बनेर बस्न मिल्दैन। संकटकालको घोषणा गरेर अघि बढ्नुपर्छ’, उनले भने ।  डेंगु नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको सांसद गौतमको  आरोप छ ।