संखुवासभा, २६ भदाै । वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो झरेर थुनिएको सभाखोलाको पानी विस्तारै बग्न थालेको छ ।
बुधबार दिउँसो करिब साढे २ बजेतिर वर्षाका कारण खसेको पहिरोले सभाखोला थुनिएको थियो ।
सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा तीन किमि उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको थियो । खोला थुनिएर करिब तीन सय मिटरभन्दा ठूलो ताल बनेको थियो ।












प्रतिक्रिया