३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको क्रण मिनाहा र फिर्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

मनमाया मगरको छोरा तथा उनले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।