
काठमाडौँ, २४ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
यसैगरी, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटेको आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएपछि मूल्य घटाइएको हो ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथामट्टितेलको मूल्य ९५ मा झर्नेछ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।
पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार सिंहदरवार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गरेका छन् ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।
यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ ।
सरकारले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको हो ।
नेपाल आयल निगम संचालक समितिको बैठकले पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने उनको भनाइ छ ।











प्रतिक्रिया