
मदागास्कर, अफ्रिका । गैरआवासिय नेपाली संघ, मदागास्कर राष्ट्रिय समन्वय समितिको हिजो सम्पन्न साधारणसभाबाट रमेश राई अध्यक्षमा निर्वाचित भएका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिका उपाध्यक्ष दान बहादुर थापा र कर्ण शेर राई, महासचिव होम नारायाण श्रेष्ठ , सचिव सुबास आले मगर, कोषाध्यक्ष पेम्बा शेर्पा, युवा संयोजक राम कुमार राई रहेका छन् ।
सदस्यहरुमा बीरबहादुर मगर, तेज बहादुर कार्की, शिव राज कन्डेल, बुलन गुरुङ, मन कुमार मगर, रमेश राणा, हिम बहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचार्य, धन राज सावा लिम्बु, यादव नेपाल, लाल बाबु ठाकुर रहेका छ ।
त्यसैगरी, सल्लाहाकारमा आङ गेल जी शेर्पा , पुर्णबहादुर खड्का र मार्क गुरुङ चयन भएका छन् ।















प्रतिक्रिया