७ कार्तिक २०८३, शनिबार

डेंगुको संक्रमणपछि अस्पताल भर्ना भएका कृषिमन्त्री खनाल डिस्चार्ज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि खनाल भदौ १८ गते ग्राण्डीमा भर्ना भएका थिए । उनी आज सोमबार डिस्चार्ज भएको उनकाप्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् ।

अस्पतालमा रहँदा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी तथा  डा. सुभाष प्रसाद आचार्यको टोलीले उपचार गरेका थिए । मन्त्रीजस्तै अस्पतालमा आएका सबै बिरामीहरुलाई त्यही किसिमको उपचार गरिरहेको अस्ताले विज्ञप्तीमार्फत जनाएको छ ।

५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।