१२ मंसिर २०८३, शनिबार

काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष बहुविवाह मुद्धामा पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।

श्रीमती सीता केसीले दिएको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

श्रीमतीले साउन १० गते उजुरी गरे पनि गिरीलाई आइतबार पक्राउ गरिएको डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ०५७ सालमा प्रेम विवाह गरेका गिरीले दोस्रो विवाह गरेको श्रीमतीको आरोप छ । गिरी नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका हुन् ।

सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्।  उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।