३० आश्विन २०८३, शुक्रबार

कस्तो हुँदैछ फागुन १६ मा एमाओवादी मोर्चाको शक्ति प्रदर्शन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi Morcha 30 Dal Puspakamal Dahal Kukur

काठमाडौं, १२ फागुन । माघ ८ गते संविधान दिने वाचा गरेका दलहरु अहिले आ–आफ्नै सुरमा अगाडि बढिरहेका छन् ।

देशलाई राजनीतिक अस्थिरताको भागिदार बनाएर राजनीतिक दल तथा नेताहरु आ-आफ्नै सुरमा कोही आन्दोलनमा लागेका छन् भने कोही संविधान बनाउने प्रक्रियामा लागेका छन् ।

संविधान दिने मितिभन्दा केही दिन अगाडि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहितका दलहरुले संविधानसभामा तोडफोड गरे । तोडफोड भएर पनि देशले संविधान पाउन सकेन् ।

त्यसका बाबजुद सहमति हुन नसकेपछि संविधानसभाले माघ ११ गते संविधान बनाउन आवश्यक प्रक्रिया अगाडि बढायो । संविधानसभाले अगाडि बढाएको प्रक्रियाको विरोधमा आन्दोलन सुरु गरेको एमाओवादी नेतृत्वको ३० दलिय मोर्चा आन्दोलन अगाडि बढाउने रणनीतिमा छ ।

त्यसैले आन्दोलनलाई सफल बनाउन मोर्चामा नेताहरु देशदौडाहामा लागेका छन् । विशेषगरी एमाओवादी शिर्ष नेताहरु कार्यकर्तालाई फकाउन देशदौडाहामा लागेका हुन् । माघ महिनामै आन्दोलनका कार्यक्रम घोषणा गरेको एमाओवादी मोर्चा संविधानसभाको प्रक्रिया खारेजीको पक्षमा छ ।

sakti-pardarsad

सहमतिबाटै संविधान बनाउनुपर्ने अडान राख्दै एमाओवादी मोर्चाले आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिचो चरण आगामी फागुन १६ गतेबाट सुरु हुँदैछ । फागुन १६ को आन्दोलनका लागि एमाओवादी नेतृत्व मोर्चाका नेताहरु युद्धस्तरबाट खटिएका छन् ।

फागुन १६ गते एमाओवादी मोर्चाले राजधानीको खुल्लामञ्च टुँडिखेलमा विशाल जनप्रर्दशन गर्दैछ । करिब १ लाख नागरिकलाई आन्दोलनमा सहभागि गराउने एमाओवादी मोर्चाले जनाएको छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले आन्दोलनले सत्तापक्ष दलहरुको घुडाँ टेकाएरै छाड्ने बताएका छन् ।

उनका अनुसार फागुन १६ को आन्दोलनमा शक्ति प्रदर्शन पनि हुनेछ । उक्त आन्दोलनमा देशैभरीका नेता कार्यकर्ता सहभागि हुनेछन् । राजधानी छेउछाउका काभ्रे, सिन्धुली, मकवानपुरलगायतका जिल्लाबाट बस वा अन्य गाडीबाट जनता ल्याउने तयारी हुनुको साथै ती क्षेत्रबाट जुलुस झाँकी प्रदर्शन गर्दै ४-५ घण्टा हिडेर पनि आउने भएको छ । त्यसको साथै बर्दिवास, मकवानपुर, हेटौडा, चितवन, काभ्रे, सिन्धुलीलगायतका जिल्लाहरुबाट मोटर साइकल र्याली पनि आउने भएका छन् । मधेशका जिल्लाहरुबाट पनि मोटरसाइक र्‍याली आउने छ ।

सरकारी पक्षबाट कुनै दमन हस्तक्षेप भए कडा प्रतिकार गर्ने तयारी पनि मोर्चाले गरिरहेको छ । पश्चिमका जिल्लाहरुमा एमाओवादीले कार्यकर्तालाई हतियार उठाउनका लागि प्रशिक्षण दिएको खबरहरु पनि सार्वजनिक भएका छन् ।

शक्ति प्रदर्शनमा हस्तक्षेप भए प्रतिकार गरिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन् । सरकारले पनि हिंसात्मक घटना हुने खालको आन्दोलन भएमा एमाओवादीलाई का्रवाही गर्ने बताइसकेको छ ।

मोर्चाको फागुन १६ गते हुने बृहत जनप्रदर्शनमा बैद्य, विप्लव माओवादीले पनि एकेवद्धता जनाएका छन् । पद्मरत्न तुलाधारको आन्दोलन समिति र माओवादीबाट अलग भएका मातृका यादव र मणी थापाको पार्टीले पनि आन्दोलनमा साथ दिँदैछन् । यस्तो अवस्थामा फागुन १६ मा दुवैपक्षबीच भिड्न्त हुने सम्भावना पनि छ ।

फागुन १६ गतेको आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले महत्वका साथ हेरेको छ । एमाओवादी र सरकारसंग यी निकायहरु पनि छलफल तथा परामर्श गरी सहमति गर्न सुझाव दिइरहेका छन् । तर सहमति भइसकेको छैन् ।

एकातिर शिर्ष नेताहरु वार्तामा छन् । अर्कोतिर नेता कार्यकर्ता आन्दोलन कसरी सफल बनाउने तयारी छन् । सरकार आन्दोलन कसरी विफल पार्ने योजनामा छ । यस्तो अवस्थामा एमाओवादीको आन्दोलन सफल होला त ? जनताले साथ देलान त ? भन्ने प्रश्न खडा भएको छ । त्यो हेर्न फागुन १६ को दिनलाई कुर्नुपर्ने छ ।