१२ मंसिर २०८३, शनिबार

यो वर्ष दसैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।

नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।

विजयादशमी असोज २१ गते मंगलबार परेको छ । बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको  सिमितले जनाएको छ ।

घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।