१२ मंसिर २०८३, शनिबार

संविधान दिवस मनाउन राष्ट्रिय झण्डा अंकित टि-सर्टकाे नमूना सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ भदाै । सरकारले संविधान दिवस भब्य रूपमा मनाउने राष्ट्रिय झण्डा अंकित टि-सर्टका नमूना सार्वजनिक गरेको छ ।

संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको तयारी छ ।

राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टि-सर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टि-सर्टका नमूना सार्वजनिक गरेको हो ।

गृहले सार्वजनिक गरेको टि-सर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ । टि-सर्टको तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् भने एउटामा भने सबैतिर सेतो रङको मात्रै छ ।

गृह मन्त्रालयले वेवसाइटमा राखेको सूचनाअनुसार राष्ट्रिय झण्डा अंकित टि-सर्ट संविधान दिवस, राष्ट्रिय दिवसमा प्रयोग गरिन्छ । गृहले औपचारिक कार्यक्रममा राख्नका लागि राष्ट्रिय झण्डाका पाँच प्रकारका साइज पनि सार्वजनिक गरेको छ ।