१२ मंसिर २०८३, शनिबार

बारामा नक्कली लाइसेन्स काण्ड मच्चाउने गिरोह पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २१ भदाै । बारा जिल्लामा प्रहरी प्रमुखमा विकासराज खनालले नेतृत्व सम्हालेसँगै नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका– ८ का ३९ वर्षीय रामबहादुर स्याङतान, सोही स्थानमा ३३ वर्षीय गोपालसिंह भुलुन र बाराको सुवर्ण गाउँपालिका–५ का ४५ वर्षीय गगनदेव साह रहेका छन् ।

उनीहरूको साथबाट बारा प्रहरीले ४ थान नक्कली स्मार्टकार्ड, ८ लाख २५ हजारको रामबहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ ।

पक्राउ परेका गगनदेव साह यसअिघ पनि नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा गत वैशाखमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

तत्कालीन समयमा धरौटीमा छुटेका उनी गत चैतमा बारा जिल्ला अदालतले एक वर्ष कैद सुनाएकोमा फरार रहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।