घाेराही, २१ भदाै । दाङमा पनि डेंगुका बिरामी फेला परेका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङका डेंगु नियन्त्रण कार्यक्रमका फोकल पर्सन कमल चन्दले पुष्टि गरेका छन् ।
घोराही उपमहानगरपालिकामा तीन, तुलसीपुर उपमहानगरपालिकामा दुई र बबई गाउँपालिकामा दुईजना गरी ७ जना व्यक्तिमा डेंगुको लक्षण फेला परेको उनले बताए ।
बिरामी तीन जनाको जिल्ला बाहिर उपचार भैरहेको छ । चारजना सामान्य उपचारपछि घर फर्किएको उनले बताए ।











प्रतिक्रिया