१२ मंसिर २०८३, शनिबार

विष्णु पौडेलले भने : प्रधानमन्त्रीज्यू पुरै ठिक भएर आउनु भएको छ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । सिंगापुरमा दुई साता लामो स्वास्थ्य उपचार गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा यो पटक पनि आफ्नो स्वास्थ्यबारे केही जानकारी दिएनन् ।

अघिल्लोपटक उपचार गरेर आउँदा पनि उनले यसरी नै टारेका थिए । देशको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे आमचासाे हुने नै भयो । तर, प्रधानमन्त्री ओलीले यो पटक पनि यो चासोलाई माैनतामै टारे । अघिल्लोपटक यसरी नै माैन बसेका ओली त्यसको केही समयपछि फेरि उपचारका लागि सिंगापुर हानिएका थिए ।

थाइ एयरमार्फत काठमाडौं अवतरण गरेका प्रधानमन्त्री ओलीले विमानस्थलमा उनको स्वागतमा उपस्थित भएका सबैलाई अभिवादन गरेर बालुवाटार लागे ।

यसपालि पनि प्रश्न उठेको छ, कतै प्रधानमन्त्री ओली फेरि तत्काल उपचारका लागि सिंगापुर जानेगरी त आएका होइनन् ? तर, प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर  पुगि उनीसँगै फर्किएका नेकपाका महासचिव विष्णु पाैडेलले भने ओली अब तत्काल फलोअपमा नजाने बताएका छन् ।

महासचिव पौडेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यू दुरुस्त हुनुहुन्छ । पुरै ठिक भएर आउनु भएको छ । अब तत्काल फलोअपमा पनि जान नपर्ने चिकित्सकले बताएका छन् ।’

नेकपा अध्यक्षसमेत रहेका ओलीको स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर पुगेका नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव पौडल पनि ओलीसँगै स्वदेश फर्किएका हुन् ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेर प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । उनको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार भएको थियो ।