३ कार्तिक २०८३, मंगलबार

कामना सेवा बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रालिबीच व्यापार सम्झौता भएको छ ।

सम्झौताअनुसार इष्टर्न एजेन्सीज प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइसरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इष्टर्न एजेन्सीज प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरे ।

कामना सेवा बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सिआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको जनाएको छ ।