१५ कार्तिक २०८३, आइतबार

तेस्रो तल्लाबाट गेष्टहाउसका कर्मचारीलाई फाल्ने ३ जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका-४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोभर्याङ बस्ने गुल्मी मालिका गाउँपालिका-८ घर भएका १७ वर्षीय सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका १८ वर्षीय निशान धमला रहेका छन् ।

गेष्ट हाउसमा उनीहरु समेत ५ जना बसिरहेको अवस्थामा सोमबार राति खाना पुर्याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई झ्यालबा६ तल फालेर तत्काल फरार भएका थिए । घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ ।

घटनापश्चात फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेला पारी फरारमध्ये ३ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।