३ कार्तिक २०८३, मंगलबार

कतार एयरवेजको प्रिभिलेज क्लब र एजुकेशन सिटी गल्फ क्लबबीच साझेदारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । कतार एयरवेजको लोकप्रिय नियमित उडान सेवा, प्रिभिलेज क्लबले एजुकेशन सिटी गल्फ क्लबसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

जसमार्फत आफ्ना विशिष्ट सदस्यहरुलाई गल्फ प्याकेजमार्फत थप क्युमाइल्स र साथै प्रशिक्षणका लागि पास प्रदान गर्नेछ ।

यस कदमले कतारमा गल्फप्रेमीहरुलाई थप प्रोत्साहित गर्दै अन्य सदस्यहरुलाई क्युमाइल्स प्राप्त गर्न आकर्षित गर्नेछ ।

प्रिभिलेज क्लबका सदस्यहरुले रिफरल कार्यक्रममार्फत १० हजार क्यूमाइल्सको बोनस पनि प्राप्त गर्न सक्नेछन् । जसले दुवै सदस्य एवं रिफर गरिएको सदस्यले एजुकेशन सिटी गल्फ क्लबमा गल्फको आनन्द लिन सक्नेछन् ।

यस सहकारितामा कर्पोरेट प्याकेज समावेश गरिएको छ, जसद्वारा सदस्यताका लागि ४० हजार क्युमाइल्स प्राप्त गर्न सकिन्छ ।

कतार एयरवेजका नियमित यात्रीहरुप्रति आभार प्रस्तुत गर्दै कतार एयरवेजसँगको यात्रामा थप क्युमाइल्स प्राप्त गर्ने अवसर प्रदान गर्न प्रिभिलेज क्लबको स्थापना सन् २००० मा गरिएको थियो ।