
काठमाडौँ, १७ भदौ । शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने हेतुले सानिमा बैंकले Teach For Nepal-(An Educational movement to strengthen Public Education through outstanding Nepali youths & young professionals)लाई विगतको सहयोगलाई निरन्तरता दिदै १० लाख रुपैयाँ सहयोग गरेको छ ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताकासाथ Teach For Nepal ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १ हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन् ।
साथै, यस बैंकले विगत ७ बर्षदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएम रहेका छन् ।















प्रतिक्रिया