१५ कार्तिक २०८३, आइतबार

कपिलवस्तुमा बेपत्ता तीनमध्ये एक महिलाकाे शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १७ भदाै । कपिलवस्तु जिल्लामा तीजको अवसरमा सोमबार बिहान स्थानीय नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव मंगलबार बिहान फेला परेको छ ।

बोपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव नदी किनारमा पानीमा तैरिएको अवस्थामा फेला परेकोे प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

शुद्धोधन गाउँपालिका –६ को वेथी नदीको वेलभरिया सन्तघाटमा स्थानीय १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुश्बु रैदास र २५ वर्षीय तारामती कोहार सोमबार बिहान बेपत्ता भएका थिए ।

बेपत्ता बाँकी २ जना ८ वर्षीया खुश्वु रैदास र २५ वर्षीया तारामति कोहारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।