१५ कार्तिक २०८३, आइतबार

काठमाडाैंमा खुकुरी प्रहार गरी युककाे हत्या, तीन जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदाै । काठमाडाैंकाे सीतापाइलाको मूल सडकमा सोमबार राति खुकुरी हानेर एक युवाको हत्या गरिएको छ ।

हत्या गरिएका युवक नागार्जुन नगरपालिका– ५ का आकाश बस्‍नेत भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

सडकमा हिँडिरहेका बस्नेतलाई चारजना युवाले आक्रमण गरेका थिए । उनीहरूले बस्नेतलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए ।

अस्पतालका अनुसार बस्नेतको निधन भइसकेको छ । हत्याको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको छ ।