३० आश्विन २०८३, शुक्रबार

तरुण दलका उपाध्यक्ष चापागाइँद्वारा हङकङका नेपालीहरूकाे प्रशंसा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले हङकङमा रहेका विभिन्न संघ संस्था र नेपालीहरूले राखेका कार्यक्रममा सहभागिता जनाएका छन् ।

शनिबार बिहान हङकङ आइपुगेका उपाध्यक्ष चापागाइँ भेटघाट र कार्यक्रमहरूमा सहभागी हुन थालेका हुन् । उनले विदेशमा रहेर नेपाल र नेपालीप्रति माया तथा सद्भाव देखाउनेहरूप्रति धन्यावाद दिएका छन् ।

हङकङमा बसेर नेपालमा दुःख कष्ट पर्दा आर्थिकका साथै भौतिक सहयोग गर्ने गरेको भन्दै उनले हङकङमा रहेका नेपालीहरूको प्रशंसा गरेका छन् ।

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले हङकङ नेपाली महासंघ, माछापुच्छ«े ध्याचोक समाज कास्की (गुरुङ समुदाय), पर्वत क्लब हङकङ, हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, एनआरएनए हङकङका अध्यक्षसहितको टिम, क्षेत्री समाज हङकङ, नेपाली कांग्रेस जनसम्पर्क समितिका वर्तमान र पूर्व सभापतिहरूसँग भेटघाट र परामर्शहरू गरेका छन् ।

उपाध्यक्ष चापागाइँले टंक राना, पूर्वसभापतिहरू प्रदीप थापा, रीता गुरुङ, जगत शाह, बसन्त श्रीनेट, सन्तोष घले, समाजसेवी हैजन राई, एनआरएनएका पूर्वअध्यक्ष दुर्गा गुरुङ लगायत विभिन्न व्यक्तित्वसँग भेट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

हङकङ नेपाली महासंघले गरेका कार्यहरूको उपाध्यक्ष चापागाइँले प्रशंसा गरेका छन् । ‘तपाईहरूले नेपालमा भएको बिपत्ति, सामाजिकार्यहरू स्कुल, अस्पताल लगायतमा सहयोग गर्नुभएको छ । यो सहयोग सह्रानीय छ’, उनले भने, ‘हङकङबाट तपाईहरूको अनुभव जनशक्ति नेपालमा स्थाईत्व र विकासका लागि उपयोग हुनु पर्दछ ।’

उपाध्यक्ष चापागाइँ हङकङमा रहँदा नेपाली कांग्रेस जनसम्पर्क समिति हङकङले आयोजना गरेको वीपी कोइराला जन्मजयन्ती कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहने सभापति जनसम्पर्क समितिका सभापति मीनबहादुर गुरुङले बताएका छन् ।