१ कार्तिक २०८३, आइतबार

दुई महिनापछि भारत–पाकिस्तान युद्ध !

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । भारतले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ ।

पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन् ।

‘अक्टुबरको अन्त्यतिर वा नोभेम्बर–डिसेम्बरतिर भारत–पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु,’ पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भने ।

‘यसका लागि जनतालाई तयार पार्न लागेको छु । युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको ज–तो गल्ती म गर्नेछैन ।’

भारतीय ह–तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको रेलमन्त्री अहमदको दाबी छ ।

उनले भने, ‘खास कुरा के हो २४–२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेका छन् ।’

‘सबै मतभेदलाई पन्छाएर हामी एकजुट भई कश्मीरीहरूको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफ गर्नेछैन ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुवै छिमेकी परमाणुशक्तिसम्पन्न भएको र युद्ध भए केही बाँकी नरहने बताएका थिए ।

पाकिस्तानी नेताहरूका चर्का टिप्पणीप्रति बिहीवार भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले प्रेस सम्मेलनमा बोल्दै भने, ‘पाकिस्तानको तर्फबाट निकै गैरजिम्मेवारपूर्ण वक्तव्य आइरहेका छन् ।’

‘भारत तिनको कडा शब्दमा भर्त्सना गर्छ । पाकिस्तानको यो बयानबाजी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’

पाकिस्तानी नेतृत्व तथा टिप्पणीकारहरूले निकै उत्तेजक भनाइ आइरहेको भन्दै रवीश कुमारले ट्विटरमा जिहादको कुरा गरेर उनीहरूले भारतमा अवस्था अनियन्त्रित भएको देखाउन खोजेको बताए ।

‘तर पाकिस्तानले बुझ्नुपर्छ कि संसारले उसको चाल थाहा पाइसकेको छ । कोही पनि मूर्ख बन्नेछैनन् ।’

यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ ।

अग–ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेयता भारत–प्रशासित कश्मीरमा सुरक्षा कडिकडाउ तथा यातायार र सञ्चारमा सरकारी नियन्त्रण जारी छ ।

अग–ट १५ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त निर्णयको बलियो बचाउ गरेका छन् ।

पाकिस्तानले भने उनलाई भारतमा हिन्दू सर्वोच्चतावादी नीति लागु गराइरहेको आरोप लगाएको छ । भारतको नीतिका कारण पूरै दक्षिण एशिया क्षेत्रमा नयाँ खतरा पैदा भएको पाकिस्तानले बताएको छ ।

भारत–पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू य–ता छन् ।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने ।

स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो ।

यस अवधिमा दुई देशबीच कैयौँ य–ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

हाल भारत र पाकिस्तानमाझ पुनः चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सक्षिप्त विवरण –

अक्टोबर १९४७– भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए ।

अगष्ट १९६५– कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध ।

डिसेम्बर १९७१– भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बंगलादेश) मा अतिक्रमण। इस्लामावादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन । भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण । बंगलादेशको स्थापनासँगै युद्धको अन्त्य ।

सन् १९८९– कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्रविद्रोहको थालनी ।

फेब्रुरी १९९९– भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान ।

मे १९९९– पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा । सीमित द्वन्द्व सुरु । भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता ।

मे २००१– भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता । कुनै सम्झौता हुन सकेन ।

अक्टोबर २००१– श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु ।

१३ डिसेम्बर २००१– दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्रआक्रमणमा १४ जनाको मृत्यु ।

फेब्रुअरी २००७– भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम बिस्फोट । ६८ जनाको मृत्यु ।

२६ नोभेम्बर २००८– विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सां–कृतिक केन्द्रमा आक्रमण । ६० घण्टे घटनामा १६६ जनाको मृत्यु । भारतद्वारा पाकिस्तानमा रहेको लश्कर–ए–तइबा समूहमाथि दोष ।

ज्यानुअरी २०१६– पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु ।

१८ सेप्टेम्बर २०१६– भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु ।

३० सेप्टेम्बर २०१६– भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ गरेको भनाइ । पाकिस्तानद्वारा त्यस्तोे कारबाही भएको अस्वीकार।

१४ फेब्रुअरी २०१९– कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती बिस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु । पाकिस्तानमा रहेको जैश–ए–मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

२६ फेब्रुअरी २०१९– भारत–पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण । लडाकु समूह जैश–ए–मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ ।

५ अग–ट २०१९– भारतद्वारा भारत–प्रशासित जम्मू–कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज । बीबीसी