काठमाडाैं, ११ भदाै । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदाै २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लिका प्रबन्ध निर्देशक प्रदीप पण्डितले सचिव पदमा उम्मेद्वारी दिने भएका छन ।
पण्डित गत एघार वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन् । “अग्रज पर्यटन व्यवसायीहरूको सल्लाह र युवा पर्यटन व्यवसायी साथीले पनि टानमा जान दिनुभएको सल्लाहलाई ध्यानमा राखेर सचिव पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ । तर साथीहरूको सल्लाहमा मभन्दा योग्य व्यक्ति आउनुभएको खण्डमा अन्य पदमा गएर पनि टानलाई गतिशील,गौरवशाली, प्रभावकारी र काम गर्न सक्ने नेतृत्व वनाउन मेरो सहयोग रहन्छ”, सचिवका आकांक्षी पण्डितले भनेका छन् ।
“कसले के पद पाउने भन्ने ठूलो विषय होइन, त्यो पदमा रहेर के काम गरियो र गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो,त्यसैले आफूले पाएको जिम्मेवारीमा रहेर टान र टान नेतृत्वलाई सफल पार्न यथासम्भव प्रयास गर्नेछु”, पण्डितले भनेका छन् ।
टान पर्यटन क्षेत्रकै सवैभन्दा महत्वपूर्ण संस्था भएपनि विगतका केहि वर्षयता टानप्रति सदस्य व्यवसायीहरूको भरोसा घट्दै गएको पण्डितको धारणा छ ।
व्यवसायीहरुको समस्या समाधान तथा पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानले अझ सशक्त भुमिका खेल्नु आवश्यक छ,त्यसका लागी आँफुले सक्दो प्रयास गर्ने उनले वताए ।
“सरकार,पर्यटन मन्त्रालय र नेपाल पर्यटन वोर्डसंगको समन्वयमा गर्नुपर्ने कामहरुलाई प्रभावकारी वनाउन,टान सचिवालयलाई अझ व्यवस्थित र प्रभावकारी वनाउन र सदस्यहरुको हित र क्षमता विकासमा अझ धेरै कामहरु गर्नु आवश्यक छ,त्यसका लागी यथासम्भव प्रयास गर्नेछु”, पण्डितले भनेका छन् ।












प्रतिक्रिया