१५ कार्तिक २०८३, आइतबार

पद्मश्री साहित्य पुरस्कार ‘छुटेका अनुहार’लाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण परिषद् २०७५ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गर्ने निर्णय गरिएको छ।

त्यसैगरी वर्षको ‘पद्मश्री साधना सम्मान’ इतिहासकार महेशराज पन्तलाई प्रदान गरिएको सोमबार प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पुरस्कारको राशी दुई लाख नेपाली रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा सायनले छुटेको अनुहारमा आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको गहिराइसम्म पुगेर अनुभूतिको सूक्ष्म चित्रण गर्न सफल भएको जनाइएको छ ।

संसोधन मण्डलका अभियन्ता महेशराज पन्तलाई पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई प्रामाणिक अनुसन्धानका लागि पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।