
सिड्नी, १० भदौ । हिन्दू धर्मावलम्बीका चाडहरू नजिकिएका बेला अस्ट्रेलियाको सिड्नी सहरको मिन्टो भन्ने ठाउँमा रहेका दुई मन्दिरमा ‘डलर ज्यादती’ बढेको दर्शनार्थीहरूले गुनासो गरेका छन् ।
नजिकिँदै गरेको नेपाली नारीको महान चाड हरितालिका तिज, दशैं लगायत नियमित दर्शन र खासगरी शिवरात्रीमा पनि यो मन्दिरमा पूजाआजा गर्नेको लाइन भव्य हुने गरेको छ ।
तर मन्दिर व्यवस्थापन समितिमा रहेकाले भने अस्ट्रेलियन ५० डलर, २० डलर माग गर्दै पूजाको थाली चढाउन दिने अन्यथा नदिने गरेको दर्शनाथीले आरोप लगाएका छन् ।
हिन्दू धर्ममा यसरी रकम असुली गरी पूजाका लागि थाली चढाउने दिने या नदिने भन्ने विश्वभर कहिँ पनि प्रचलन छैन । खासगरी नेपाल र भारतमा बहुसंख्यक हिन्दूको बसोबास रहेको छ । यी देशका कुनै पनि मन्दिरमा यसरी रकम उठाउने गरिँदैन । बरु, दर्शनार्थीले चाहेको भेटी मन्दिर परिसरमा राखिएको दानपेटिका अथवा मूर्तिमा नै चढाउने प्रचलनचाहिँ रहँदै आएको छ ।
मिन्टो भन्ने ठाउँमा मुक्ति गुप्तेश्वर महादेवको मन्दिर स्थापना गरिएको थियो । एक दम्पत्तीले स्थापना गरेको मन्दिरमा हिन्दू धर्मावलम्बीको संख्या बढ्न थालेपछि असुली बढाउनका लागि अहिले मन्दिर नै विभाजित समेत गरिएको यहाँका सर्वसाधारण बताउँछन् ।















प्रतिक्रिया