१५ कार्तिक २०८३, आइतबार

सुधिर शर्मा कान्तिपुरको प्रधान सम्पादकमा फर्किए, नारायणले छोडे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा पुनः नियुक्त भएका छन् ।

नारायण वाग्लेले प्रधान सम्पादकबाट राजीनामा दिएका छन् भने शर्मालाई सोमबार नै प्रधान सम्पादकमा नियुक्त गरिएको छ । शर्माले करिब एकवर्ष पहिले राजीनामा दिएर वाग्ले कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका थिए ।

शर्माले सोमबारदेखि नै जिम्मेवारी सम्हाल्ने भएका छन् ।

‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर मैले पेशागत जविनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु । कान्तिपुर दैनिकबाट राजीनामा’, वाग्लेले कान्तिपुरबाट बिदा भएको जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्,

उनले शर्मालाई सवागत गर्दै आफ्नो जिम्मेबारी सम्पिन पाउँदा प्रसन्न भएको बताएका छन् । उनले पत्रिकामा यस वर्ष केही भूलचुक भए माफ पाउँ भन्दै कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, सहकर्मीहरु सबैप्रति आभार व्यक्त गरेका छन् ।