४ कार्तिक २०८३, बुधबार

प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक सुरु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक शुरु भएको हो ।

आजको बैठमा पार्टी एकतालाई पुर्णता दिन बाँकी रहेका कामको विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि सचिवालयको निर्णयअनुसार अध्यक्ष प्रचण्डले आजको बैठक बोलाएका थिए ।

अघिल्लो वर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपनि अहिलेसम्म एकताले पूर्णता पाएको छैन । नेकपाले नेताहरुको कार्यविभाजनदेखि जनसंगठनसम्मको इञ्चार्ज–सहइञ्चार्ज र संयोजक–सहसंयोजक तोकिसकेको छ ।

आजको बैठकमा केन्द्रीय आयोग, विभागका सदस्यहरु, महानगर कमिटी–प्रवास कमिटीको टुंगो लगाउने एजेण्डा रहेको छ ।

यो पनि पढ्नुहाेस्

–पहिलोपटक प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक बस्दै