
काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बस्न लागेको हो ।
बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपामा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । यसअघि दिउँसो १ बजे बस्ने भनिएकामा २ घण्टा अघि नै नेकपा सचिवालय बैठक बस्ने भएको हो।
यसअघिका बैठक प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने गरेका थिए । अहिले ओली उपचारका लागि सिंगापुरमा रहेकाले प्रचण्डले बैठकको अध्यक्षता गर्ने भएका हुन् ।
उपचारका लागि सिंगापुर उड्नु केही दिनअघि ओलीले पार्टीको बैठक आयोजना गरी एकताका बाँकी काम सहमतीका आधारमा टुंग्याउन प्रचण्डलाई आग्रह गरेका थिए ।
आझको बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।
बैठकले नेकपाको सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग र निर्वाचन आयोगको अध्यक्ष तथा सचिव तोक्नेछ।
त्यस्तै भारत, अमेरिका, युरोप, पूर्वी एसिया, मध्यपूर्वलगायत सातवटा प्रवास क्षेत्रका इन्चार्ज र सहइन्चार्ज तथा समग्र प्रवास हेर्ने गरी एक जना संयोजक तोक्न सक्नेछ ।















प्रतिक्रिया