अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष बुद्दि सुवेदीको संयोजनमा गैरआवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बीचको सहकार्य सम्बन्धी आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
एनआरएनए एनसीसी अमेरिकाको Kansas State Chapter ले ब्याबस्थापन गरेको उक्त कार्यक्रममा च्याप्टर अध्यक्ष फिलिप केसीले कार्यक्रममा सबैलाई स्वागत गरे ।
उक्त कार्यक्रममा गैरआवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य सम्बन्धी थुप्रै बिषयमा छलफल र बिमर्श भयो।
क्षेत्रीय उपाध्यक्ष बुद्धि सुबेदीको सभापतित्वमा संचालित कार्यक्रमको अतिथिहरूमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी रहेका थिए ।
एनआरएनए आइसीसी सल्लाहाकार हरिबोल भण्डारी, एनआरएनए एनसीसीका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, एनआरएनए एनसीसी पूर्वक्षेत्रीय उपाध्यक्ष कृष्णजीबी पन्थ लगायत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकाको मिडवेष्ट क्षेत्रमा कार्यरत स्थानीय नेपालीहरूद्वारा संचालित संघ-सस्थाहरूसंग के कसरी सहकार्य गर्न सकिन्छ, सबैलाई समेटेर सामूहिक कार्य गर्नको लागि एनआरएनए एनसीसी अमेरिकाले के कस्तो भूमिका खेल्नु आवस्यक छ भन्ने बिषयमा केन्द्रीयत रहेको थियो । यसलाई सबैजना बक्ताहरूले सकारात्मक धारणा राखेका थिए ।
कार्यक्रममा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी, एनसीसी अध्यक्ष सुनिल साहले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ र स्थानीय संघसंस्थाबीचको सहकार्यका बिषयमा डा.यादब पण्डित र गोपेन्द्र भट्टराईले आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कान्सास सहरमा नेपाली कम्युनिटि सेन्टर बनाउने बिषयमा समेत छलफल भएको थियो ।















प्रतिक्रिया