३ कार्तिक २०८३, मंगलबार

जनता बैंकद्वारा पानी र ग्लुकोज-पानी निःशुल्क वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । जनता बैंकले कृष्णजन्माष्टमीको अवसरमा पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

दुबै धाममा हजारौँ भक्तजनहरु व्रत बसी कृष्ण भगवानको दर्शनका लागि आउने गर्दछन् । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो ।

दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको बौंकले जनाएको छ ।

बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट १ लाख रुपैयाँ नगद र ५ थान ठूलो डष्टबिन सहयोगस्वरुप उपलब्ध गराएको थियो ।

हरेकृष्ण धामले हरेक वर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को व्यवस्था गर्ने गरेको छ ।