४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेसहित ३ जनालाई अदालत लगियो, मुद्दा दर्ताको तयारी हुँदै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ८ साउन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालत लगिएको छ ।

आज बिहान कार्यालय समय सुरु भएको केही समयपछि चितवनको हिरासतमा रहेका रवि लामिछाने, ‘रुकु’ भनिने अस्मिता कार्की र युवराज कँडेललाई प्रहरीले जिल्ला अदालत पुर्‍याएको हो ।

यी ३ जना विरुद्ध मुद्दा दर्ताका लागि प्रहरीले अनुसन्धानको फाइल भने जिल्ला सरकारी वकिलको कार्यालयलाई सुम्पेको छ ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल आइपुगेको छ । त्यसको थप अध्ययन गर्ने काम भइरहेको उनले बताए । सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको शर्माले जानकारी दिए ।

१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई सुम्पिएको छ ।

जिल्ला अदालतमा मुद्दा दर्ता हुन सक्ने भएपछि रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका छन् ।

लामिछानेसहित पक्राउ परेका विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ । यो अभियोग प्रमाणित भएमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र नर्स कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो । उनले आत्महत्याअघि लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भिडियो रेकर्ड गरेर छोडेका थिए ।

भिडियोको फरेन्सिक ल्याव रिपोर्ट आएपछि प्रहरीले साउन ३० गते लामिछाने, कँडेल र कार्कीलाई काठमाडाैँबाट पक्राउ गरि चितवन लगेको थियो ।