४ कार्तिक २०८३, बुधबार

आज रवि लामिछानेसहित ३ जनाविरुद्ध अभियाेग पत्र दायर हुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदाै । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेकाे छ ।

आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको हाे । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगे भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।

बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे आदेश हुनेछ ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै प्रहरीले गत हप्ता पक्राउ गरेको थियो ।