६ कार्तिक २०८३, शुक्रबार

आधाभन्दा बढी रकम खर्चै भएन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदाै । काठमाडौं महानगरले विपद् व्यवस्थापनमा ८ करोड ९५ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

विपद् व्यवस्थापनका लागि ०७५/७६ मा १७ करोड छुट्ट्याएको थियो। तर, आधाभन्दा बढी रकम खर्च हुन सकेको छैन। कम रकम खर्च भए पनि योजनाअनुरूप काम भइरहेको विपद् व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए।

महानगरले गत आर्थिक वर्ष विपद् व्यवस्थापन सामग्रीसहितको कन्टेनर राख्ने, सूचना संकलन गर्ने, विभिन्न तालिम सञ्चालन गर्ने, दमकल जान नसक्ने ठाउँ पहिचान गरी फायर हाइड्रेन्ट जडान गर्ने, दमकल खरिद गर्ने, नगर क्षेत्रभित्रका जोखिम भएका ठाउँको जानकारी लिनेलगायत योजना तर्जुमा गरेको थियो।

उद्देश्यअनुरूप विभिन्न स्थानमा राखिएका कन्टेनरमा विपद्मा आवश्यक पर्ने सामग्रीको सूची तयार पार्ने, अग्नि सुरक्षासम्बन्धी तालिममा आवश्यक सामग्री खरिद, दमकल राख्ने भवन निर्माणलगायत काम भएको छ।