लण्डन, ७ भदाै । सिजनको तेस्रो खेलमा आएर एस्टन भिल्लाले पहिलो जित दर्ता गरेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाको जितमा वेस्ली र अन्वर एल गाजीले गोल गरे । वेस्लीले २१ औँ मिनेटमा गोल गरेपछि एस्टन भिल्लाले पहिलो हाफमा १–० को अग्रता लियो ।
इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा अन्वरले गोल गरेपछि एस्टन भिल्ला २–० ले विजयी भयो । सिजनका सुरुका दुई खेलमा पराजित भएको उसले तेस्रो खेलमा तीन अंक जोडेको हो ।
यसअघिका एक खेलमा जित र एकमा बराबरी गरेको एभर्टनले सिजनको पहिलो हार बेहोरेको छ ।















प्रतिक्रिया