३० आश्विन २०८३, शुक्रबार

गुल्मीका बाढीपीडितलाई एनआरएनए युगान्डाको सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्पाला, युगान्डा । गैरआबासीय नेपाली संघ , युगान्डाले गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउँपालिकाका बाढीपीडितहरूलाई उक्त गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी पठाएको छ ।

एनआरएनए युगान्डाका नवनिर्बाचित अध्यक्ष विनोद थापाले बाढीले बिपत्तिमा रहेका सत्यवती गाउँपालिका गुल्मीका बिपन्न परिवारलाई गाउँपालिकामार्फत उक्त रकम सहयोग बाडिने जानकारी गराए ।

संघका अन्तर्रास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने बताए ।