१६ कार्तिक २०८३, सोमबार

विप्लव समूहका कास्की जिल्ला इन्चार्ज पक्राउ   

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ६ भदौ ।   नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ ।

पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । विप्लव समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महिना पक्राउ परिसकेका छन् । –रासस