३० आश्विन २०८३, शुक्रबार

नासाको निर्वाचनमा अवैधानिक मतदाता, उम्मेदवारहरूकै मिलेमतो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्जिया । नेप्लिज एसोशिएसन इन साउथ इस्ट अमेरिका (नासा) को आगामी २०१९-२०२१ कार्यकालको निर्वाचन नजिकिदै गर्दा निर्वाचन आयोग द्वारा प्रकाशित भनिएको मतदाता नामावलीमा व्यापक त्रुटी र अवैधानिक भएको कुरा बाहिर आएको छ ।

प्राप्त जानकारी अनुसार नासाको निर्वाचन समितिले प्रमाणित विनाको नामहरुलाई मतदाताको रुपमा प्रकाशित गरेको , नासाको बिधान अनुसार काम नगरेको र एक पक्षीय ढंगले निर्वाचन गराउन लागि परेको कुरा नासाका एक सदस्यले बताए ।

सो सदस्यका अनुसार नासाको बिधान र सूचना अनुसार जुलाई ३ , तारिक भित्र नयाँ सदस्यता लिएका सदस्यहरु मात्र मतदाता हुन पाउनेमा सो मिति भन्दा पछाडी बनेका र सदस्यता नै नलिएका व्यक्तिहरुको नाम मतदाता सुचिमा देखिएकोले निर्वाचन आयोगलाई उनले जानकारी गराएको बताएका छन ।

प्राप्त जानकारी अनुसार सूचना ( आइ टी ) संयोजक , कोषाध्यक्ष र सदस्यता वितरण समिति संयोजक द्वारा सामुहिक रुपमा अध्ययन र प्रमाणित गरि पठाउनु पर्नेमा त्यसो नगरी मनलाग्दी किसिमले मतदाताहरुको नाम प्रकाशित गरिएको आरोप लगाएका छन। साथै उनले कुन सदस्य कुन मितिमा सदस्यता लिए , पेपलको भुक्तानी सूचना सहित सम्पूर्ण सदस्यहरूमा सार्वजनिक गर्न माग गरेको कुरा बताएका छन् ।

यदि त्येसो नगरे यो निर्वाचन निस्पक्ष र सत्य नहुने कुरा हामीलाई बताए । साथै उनले निर्वाचन समितिले सोधपुछ र बिना प्रमाणित उम्मेदवारहरुको नाम उम्मेदवार सूचीमा राखेकाले सो प्रति पनि आफ्नो आपत्ति जनाए ।

नासाको बिधान अनुसार कुनै पनि सदस्यले कुनै अरु सदस्यको नाम उम्मेदवारीमा प्रस्ताव गर्न सक्नेछन तर निर्वाचन आयोगले सम्बन्धित उम्मेदवारलाई सोधपुछ गरि नाम सार्वजनिक गर्नु पर्नेमा त्यसो नगरी जबरजस्ती नाम प्रकाशन गरेको बताएका छन् ।

नासाको आगामी निर्वाचनका लागि सूचना संयोजक , कोषाध्यक्ष र सदस्यता वितरण समिति संयोजकहरु स्वयं उम्मेदवार हुनुले पनि सूचना चोरी , लापरवाही र सहि ढंगले निर्वाचन नहुने कुरामा शंका ब्यक्त गरेका छन् ।

यस अघिको निर्वाचनमा पनि सूचना संयोजक उम्मेदवार हुदा निस्पक्ष चुनाव नहुने , सूचना चोरी हुने आशंका भएकोले सूचना संयोजकलाई जिम्मेवारीबाट हटाई निर्वाचन सम्पन्न भएको बताए ।

एउटा सामाजिक संस्थामा पद हत्याउन यस्तो क्रियाकलाप हुनु कसैका लागि पनि हितकर नहुने कुरा बताउदै सत्य र निस्पक्ष निर्वाचन गर्न गराउन सम्बन्धित पक्षको ध्यान आकर्षित गरेका छन् ।